२ इतिहास 20:24 - नेपाली नयाँ संशोधित संस्करण24 जब यहूदाका मानिसहरू उजाड़-स्थानमा भएको अल्गो ठाउँमा आइपुगे र शत्रुको सैन्य-दललाई हेरे, तब त्यहाँ तिनीहरूले उनीहरूलाई भूइँमा मारिएर पड़िरहेका देखे, अनि उनीहरूमध्ये एउटै पनि उम्केको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यहूदाका सेना उजाड-भूमिमा भएको एउटा धरहराछेउ आइपुग्दा तिनीहरूले आफ्ना शत्रुहरूलाई हेरे र ती सबै मरेर जमिनमा लडिरहेका देखे। एक जना पनि जिउँदो थिएन। Viz kapitolaपवित्र बाइबल24 यहूदाका मानिसहरू मरुभूमिमा भएको पहरा राखेको किल्लमा आइपुगे। तिनीहरूले शत्रुका विशाल सेनालाई खोजे। तर तिनीहरूले केवल मृत शरीरहरू मात्र भूइईँतिर लडिरहेका देखे। कोही पनि जीवित थिएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 जब यहूदाका मानिसहरूले उजाडस्थानलाई देखिने ठाउँमा आएर त्यस विशाल फौजतिर हेरे, तब उनीहरूले भुइँमा लासैलास मात्र लडिरहेका देखे; त्यहाँ कोही पनि उम्केको थिएन। Viz kapitola |