२ इतिहास 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 “यसकारण मेरो निम्ति एक निपुण कारीगर पठाइदिनुहोस्— एउटा यस्तो मानिस जसले सुन, चाँदी, काँसो र फलाम, अनि बैजनी, रातो र नीलो धागोको काम गर्न सक्छ, र तिनी निपुण कुँद्ने मानिस पनि होऊन्। तिनले मेरा पिता दाऊदले जुटाइदिनुभएका निपुण कारीगरहरूसँग यहूदा र यरूशलेममा काम गर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अब मकहाँ सुन र चाँदी, काँसा र फलामको कुँदाइको काम गर्ने र नीला, बैजनी र राता कपडा बुन्ने एक जना सिपालु कारिगर पठाइदिनुहोस्। मेरा बुबाले चुनेका यहूदा र यरूशलेमका शिल्पकारहरूसित उनले काम गर्नेछन्। Viz kapitolaपवित्र बाइबल7 “अब तपाईंले मलाई एक व्यक्ति जो सुन, चाँदी, काँसा अनि फलामका काम गर्नमा सिपालु छ पठाइ दिनुहोस् भनी चाहन्छु। त्यस मानिसले बैजनी, रातो अनि नीलो बस्त्रको काम गर्न जानेको हुनुपर्छ। त्यस मानिसले मेरा पिताले चुन्नु भएका कारीगरहरू सित यहाँ यहूदा अनि यरूशलेममा काम गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “यसकारण मलाई सुन, चाँदी, काँसा, फलाम, बैजनी, रातो र निलो धागोमा काम गर्ने एक दक्ष मानिस, मेरा पिता दावीदले प्रबन्ध गरिदिनुभएका मेरा दक्ष कारिगरहरूसित यहूदा र यरूशलेममा कुँद्ने काममा शिल्पकार मानिस पठाइदिनुहोस्। Viz kapitola |