२ इतिहास 18:10 - नेपाली नयाँ संशोधित संस्करण10 केनानका छोरा सिदकियाहले चाहिँ फलामका सीङहरू बनाएका थिए, र तिनले यसो भनेर घोषणा गरे, “परमप्रभु यही भन्नुहुन्छ: ‘यी सीङहरूद्वारा तपाईंहरूले अरामीहरूलाई जबसम्म उनीहरू नष्ट हुँदैनन् तबसम्म हान्नुहुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तीमध्ये एक जना केनानको छोरो सिदकियाहले फलामका सिङहरू बनाए र आहाबलाई भने, “परमप्रभु यसो भन्नुहुन्छ, ‘यी सिङहरू लिएर तिमीहरूले अरामीसित लडाइँ गर्नेछौ र तिनीहरूलाई पूर्णरूपले जित्नेछौ’।” Viz kapitolaपवित्र बाइबल10 सिदकियाह केनान नाउँका व्यक्तिका छोरा थिए। सिदकियाहले फलामका केही सींङ्गहरू बनाएका थिए। सिदकियाहले भने, “यही हो जो परमप्रभुले भन्नु हुन्छः ‘तपाईंहरूले यी फलामका सींङ्गहरू अरामी मानिसहरूलाई तिनीहरू ध्वंश नहुन्जेल घोच्नलाई प्रयोग गर्नु हुनेछ।’” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 केनानका छोरा सिदकियाहले फलामका सिङहरू बनाएका थिए; अनि तिनले घोषणा गरे, “याहवेह यसो भन्नुहुन्छ: ‘यी सिङहरूद्वारा नै तिमीहरूले अरामीहरूलाई तिनीहरू नाश नभएसम्म हान्नेछौँ।’ ” Viz kapitola |