२ इतिहास 11:23 - नेपाली नयाँ संशोधित संस्करण23 यहूदा र बेन्यामीनका जम्मै इलाकाहरू र सबै सुरक्षित सहरहरूको जिम्मा आफ्ना कोही छोराहरूलाई दिएर तिनले आफ्नो बुद्धिमानी देखाए। तिनले तिनीहरूका निम्ति प्रशस्त खानेकुरा सञ्चय गरे, र तिनीहरूका निम्ति पत्नी पनि लिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 रहबामले बुद्धिमानीसाथ आफ्ना छोराहरूलाई कामका भार दिएर यहूदा र बेन्यामीनका इलाकाहरूमा सुरक्षित पारेका सबै सहरहरूमा राखे। तिनीहरूलाई रहबामले मुट्ठी खोलेर खाद्यान्न इत्यादि दिन्थे र धेरै स्वास्नीहरू पनि ल्याइदिए। Viz kapitolaपवित्र बाइबल23 रहबामले बुद्धिमत्ता पूर्वक काम गरे अनि आफ्ना सबै छोराहरूलाई यहूदा अनि बिन्यामीन देश भरिका हरेक सुदृढ शहरमा फैलाए। अनि रहबामले आफ्ना छोराहरूलाई प्रशस्त आपूर्तिको व्यवस्था गरिदिए। तिनले आफ्ना छोराहरूका निम्ति पत्नीहरू खोजि दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिनले आफ्ना केही छोराहरूलाई यहूदा र बेन्यामीनभरिका जिल्लाहरूमा र सबै सुरक्षित सहरहरूमा यताउता पठाइदिएर बुद्धिमानी काम गरे। तिनले तिनीहरूका निम्ति प्रशस्त कुराहरू प्रबन्ध गरिदिए; अनि तिनीहरूका निम्ति धेरै पत्नीहरू पनि ल्याइदिए। Viz kapitola |