Online Bible

- Reklamy -




१ शमूएल 9:24 - नेपाली नयाँ संशोधित संस्करण

24 तब त्‍यस भान्‍सेले जम्‍मै खुट्टासमेतको फिला ल्‍याएर शाऊलको अगि राखिदियो। तब शमूएलले भने, “तिम्रो निम्‍ति राखेको मासुको भाग यही हो। खाऊ किनकि ‘मैले पाहुनाहरूलाई निम्‍त्‍याएको छु’ भनी भनेको यस अवसरको निम्‍ति यसलाई अलग्‍गै राखिएको थियो।” यसकारण शाऊलले त्‍यस दिन शमूएलसँगै भोजन गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 त्‍यही भान्‍सेले छानिराखेको फिलाको टुक्रा ल्‍याएर शाऊलको सामुन्‍ने राखिदियो। शमूएलले भने, “हेर, त्‍यो तिम्रो लागि छुट्याइराखेको टुक्रा हो। खाऊ, मैले निम्‍त्‍याएका पाहुनाहरूसित तिमीले खानलाई मैले यो राख्‍न लगाएको थिएँ।” त्‍यसरी त्‍यो दिन शाऊलले शमूएलसित भोजन गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 भान्सेले फिला ल्यायो अनि शाऊलको अघि टेबलमा राख्यो। शमूएलले भने, “यो त्यही मासु हो जुन मैले तिम्रो निम्ति सुरक्षित राखेको थिएँ। यो खाऊ कारण यो यस्तै विशेष दिनको निम्ति तिम्रो सम्मानको लागि सुरक्षित राखेको थियो।” यसरी त्यस दिन शाऊलले शमूएलसँगै खाना खाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण त्यस भान्सेले फिला र त्यससित जे थियो, त्यो ल्याएर शाऊलको सामु राखिदियो। शमूएलले भने, “तिम्रो निम्ति राखिएको कुरा यही हो। यसलाई खाऊ, किनकि ‘मैले पाहुनाहरू निम्त्याएको छु’ भनेर मैले भनेको समयदेखि यो तिम्रो निम्ति यस विशेष अवसरको निम्ति छुट्याइएको थियो।” अनि त्यस दिन शाऊलले शमूएलसँग भोजन खाए।

Viz kapitola kopírovat




१ शमूएल 9:24

Následuj nás:

Reklamy


Reklamy