१ शमूएल 7:6 - नेपाली नयाँ संशोधित संस्करण6 जब तिनीहरू त्यहाँ भेला भए, तिनीहरूले पानी भरेर परमप्रभुको सामुन्ने खन्याए। त्यस दिन “हामीले परमप्रभुको विरुद्धमा पाप गर्यौं” भनी स्वीकार गरी दिनभरि नै तिनीहरू उपवास बसे। अनि शमूएल मिस्पामा इस्राएलका अगुवा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यसकारण तिनीहरू सबै जना मिस्पामा भेला भए। तिनीहरूले पानी भरेर ल्याए अनि परमप्रभुको अघि भेटीको रूपमा खन्याए र त्यस दिनभरि उपवास बसे। तिनीहरूले भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं।” (मिस्पामा नै शमूएलले इस्राएलीहरू माझका झैझगडा मिलाइदिएका थिए।) Viz kapitolaपवित्र बाइबल6 इस्राएलका मानिसहरू मिस्पामा भेला भए। तिनीहरू परमप्रभुको सामु पानी खन्याएर चोखिए। यसरी तिनीहरूले आफ्नो पाप स्वीकार गरे अनि दिनभरी उपवास बसेर तिनीहरूले भने, “हामीले परमप्रभुका विरूद्धमा पाप काम गर्यौं।” यसरी शमूएल इस्राएलको न्यायकर्त्ता र नायक भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब तिनीहरू मिस्पामा भेला भए, तब तिनीहरूले पानी उघाएर याहवेहको सामु खन्याइदिए। त्यस दिन तिनीहरू उपवास बसे, र तिनीहरूले त्यहाँ यसो भनेर स्वीकार गरे, “हामीले याहवेहको विरुद्धमा पाप गरेका छौँ।” त्यस समयमा शमूएल मिस्पामा इस्राएलको अगुवाको रूपमा सेवा गर्थे। Viz kapitola |