Online Bible

- Reklamy -




१ शमूएल 7:3 - नेपाली नयाँ संशोधित संस्करण

3 अनि शमूएलले समस्‍त इस्राएल जातिलाई यसो भने, “यदि तिमीहरू आफ्‍ना पूरा मनले परमप्रभुतिर फर्कंदछौ भने तिमीहरूका माझबाट पराई देवताहरू र अश्‍तोरेत देवताहरूलाई निकालिदेओ, आफ्‍ना पूरा मन र हृदयले परमप्रभुतिर फर्क, र उहाँको मात्र सेवा गर, अनि उहाँले तिमीहरूलाई पलिश्‍तीहरूका हातबाट मुक्त गर्नुहुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू पूरा हृदयले परमप्रभुकहाँ फर्कन्छौ भने तिमीहरूले सबै पराई देवी-देवताहरू र अश्‍तोरेत देवीका मूर्तिहरू हटाउनुपर्नेछ। तिमीहरू आफैंलाई पूर्णरूपमा परमप्रभुलाई अर्पण गर र उहाँको मात्र आराधना गर अनि उहाँले तिमीहरूलाई पलिश्‍तीहरूका हातबाट बचाउनुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 शमूएलले इस्राएलका मानिसहरूलाई भने, “यदि तिमीहरू साँचो हृदयले परमप्रभुको शरणमा फर्कन्छौ भने तिमीहरूका माझबाट विदेशी देवताहरूलाई फ्याकी दिनुपर्छ। तिमीहरूले अश्तारोतका मूर्ति फ्याँकि देऊ। परमप्रभुमा सम्पूर्ण रूपले समर्पित गर्नुपर्छ। तिनीहरूले परमप्रभु कै मात्र सेवा गर्नुपर्छ! त्यसपछि परमप्रभुले तिमीहरूलाई पलिश्तीहरूका हातबाट बचाउँनु हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 अनि शमूएलले सम्पूर्ण इस्राएलीहरूलाई भने, “यदि तिमीहरू आफ्ना पूर्ण हृदयले याहवेहकहाँ फर्कन चाहन्छौ भने तिमीहरूले विदेशी देवी-देवताहरू र अश्तोरेतलाई त्यागिदेओ। अनि आफूलाई याहवेहकहाँ समर्पण गरेर उहाँको मात्र सेवा गर। तब उहाँले तिमीहरूलाई पलिश्तीहरूका हातबाट छुटाउनुहुनेछ।”

Viz kapitola kopírovat




१ शमूएल 7:3

Následuj nás:

Reklamy


Reklamy