१ शमूएल 5:4 - नेपाली नयाँ संशोधित संस्करण4 तर भोलिपल्ट बिहानै जब उनीहरू उठे, तब दागोनचाहिँ परमप्रभुका सन्दूकको अगि घोप्टो परेर लड़िरहेको देखे, अनि त्यसको टाउको र दुई हातचाहिँ छिन्नभिन्न भएर सँघारमा पड़िरहेका थिए। दागोनको शरीर मात्र त्यहाँ रहेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 भोलिपल्ट बिहानै तिनीहरूले फेरि मूर्ति करारको सन्दुक अगाडि लडिरहेको देखे। यसपालिचाहिँ त्यसको टाउको र दुवै हात भाँचिएर ढोकामा पडिरहेको थियो र त्यसको जिउ मात्र बचेको थियो। Viz kapitolaपवित्र बाइबल4 अश्दोदवासीहरूले दागोनको मूर्तिलाई फेरि त्यहि ठाउँमा राखे। तर फेरि अर्को बिहान अश्दोदवासीहरूले दागोनको मूर्ति त्यसरी नै परमेश्वरको पवित्र सन्दूक अघिल्तिर लडिरहेको भेटे। यस बेला दागोनको टाउको र हातहरू भाँचिएर संघारको अघि लडिरहेको र जीउ मात्र त्यहाँ लडिरहेको भेटियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि अर्को दिन बिहान जब तिनीहरू उठे, तब दागोन याहवेहको सन्दुकको सामु फेरि घोप्टो परेर लडिराखेको थियो! मूर्तिको टाउको र हातहरू भाँचिएर ढोकाको सँघारमा ढलिराखेका थिए; त्यसको शरीरको भाग मात्र सग्लो थियो। Viz kapitola |