१ शमूएल 31:4 - नेपाली नयाँ संशोधित संस्करण4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप्, र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तब शाऊलले आफ्नो हतियार बोक्नेलाई भने, “तेरो तरवार थुतेर मलाई रोप् र यी खतना नभएका दुष्टहरूले निन्दा गरेर मेरो तमाशा नदेखाऊन्।” तर त्यस हतियार बोक्नेले इन्कार गर्यो। त्यसले आँट गरेन। यसकारण शाऊलले आफ्नो तरवार थुते र त्यसैमा उनिएर मरे। Viz kapitolaपवित्र बाइबल4 शाऊलले तिनको हातहतियार बोक्ने नोकरलाई भने, “तिम्रो तरवार निकालेर मलाई मार। ती विदेशीहरूको हातबाट म घाइते हुनु अथवा तिनीहरूको हाँसोको पात्र बन्न म चाहँदिन।” तर शाऊलको नोकर डराएर त्यसो गर्न सकेन। यसर्थ शाऊलले आफ्नो तरवार निकालेर आत्माहत्या गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 शाऊलले आफ्ना हतियार बोक्नेलाई भने, “आफ्नो तरवार थुतेर मलाई रोप्, नत्रता यी खतना नभएकाहरू आएर मेरो खिल्ली उडाउनेछन् र मार्नेछन्।” तर तिनको हतियार बोक्ने डरायो र त्यसो गर्ने आँट गरेन। त्यसकारण शाऊलले आफ्नो तरवार थुते, र त्यसैमा उनिएर मरे। Viz kapitola |