१ शमूएल 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभुले तिनलाई तेस्रो पल्ट बोलाउनुभयो, र एलीकहाँ गएर तिनले भने, “म यहाँ छु। तपाईंले मलाई बोलाउनुभएको हो।” तब परमप्रभुले यस बालकलाई बोलाइरहनुभएको रहेछ भनी एलीले बुझे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले शमूएललाई तेस्रोपल्ट बोलाउनुभयो। तिनी उठेर एलीकहाँ गए र भने, “तपाईंले मलाई बोलाउनुभयो र म आएँ।” तब एलीले थाहा पाए कि केटोलाई बोलाउनुहुने परमप्रभु हुनुहुँदो रहेछ। Viz kapitolaपवित्र बाइबल8 परमप्रभुले शमूललाई तेस्रो चोटि बोलाउनु भयो। शमूएल उठेर फेरि एलीको छेउ पुगे। शमूएलले भने, “म यहाँ छु, तपाईंले मलाई बोलाउँनु भयो।” त्यतिबेला भने एलीले बुझे कि परमप्रभुले शमूएललाई बोलाउँदै हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तेस्रो पटक याहवेहले शमूएललाई बोलाउनुभयो, “शमूएल!” अनि शमूएल उठेर एलीकहाँ गएर भने, “तपाईंले मलाई बोलाउनुभएको हो; म यहाँ छु।” तब एलीले त्यस केटोलाई याहवेहले बोलाउनुभएको रहेछ भनी थाहा पाए। Viz kapitola |