१ शमूएल 26:7 - नेपाली नयाँ संशोधित संस्करण7 दाऊद र अबीशै राती छाउनीमा पसे, र शाऊललाई पङ्क्तिहरूका बीचमा उनको भालाचाहिँ सिरानीनेर भूइँमा गाड़ेर सुतिरहेका भेट्टाए। अबनेर र योद्धाहरूचाहिँ शाऊलका चारैतिर गोलो आकारमा सुतिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यो रात दाऊद र अबीशै शाऊलको छाउनीभित्र पसे र तिनलाई आफ्नो भाला टाउकाको छेउ भूइँमा गाडेर पालमा सुतिरहेका भेट्टाए। तिनका चारैपट्टि अबनेर र तिनका सिपाहीहरूको टोली सुतिरहेको थियो। Viz kapitolaपवित्र बाइबल7 जब रात पर्यो दाऊद र अबीशै शाऊलको छाउनीमा गए। शाऊल छाउनीको मध्य भागमा मस्त सुतिरहेका थिए। तिनको भाला तिनको शिर नेर भूँईमा गाडिएको थियो। अबनेर अरू सैनिकहरूसँगै शाऊलको वरिपरी मस्त सुतिरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण दावीद र अबीशै राति नै सेनाहरूकहाँ गए। शाऊल आफ्नो सिरानीनिर भुइँमा आफ्नो भाला गाडेर छाउनीभित्र सुतिरहेका भेट्टाए। अबनेर र सिपाहीहरूचाहिँ तिनको चारैतिर ढल्किरहेका थिए। Viz kapitola |