१ शमूएल 26:6 - नेपाली नयाँ संशोधित संस्करण6 दाऊदले हित्ती अहीमेलेक र योआबका भाइ सरूयाहका छोरा अबीशैतिर फर्केर भने, “शाऊलकहाँ छाउनीभित्र मसित को जान्छ?” अबीशैले जवाफ दिए “म जानेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब दाऊदले हित्ती अहीमेलेक र योआबको भाइ अबीशैलाई (तिनीहरूकी आमा सरूयाह थिइन्) सोधे, “तिमी दुईमा को मसित शाऊलको छाउनीमा जाने?” “म जान्छु,” अबीशैले भने। Viz kapitolaपवित्र बाइबल6 दाऊदले हित्ती अहीमेलेक र सरूयाहका छोरा अबीशैसित बात गरे। (अबीशै योआबका भाइ थिए।) तिनले भने, “मसँग शाऊलको छाउनीमा को जान्छ?” अबीशैले जवाफ दिए, “म तपाईंसँग जानेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब दावीदले हित्ती अहीमेलेक र योआबको दाजु, अर्थात् सरूयाहका छोरा अबीशैलाई सोधे, “मसँग शाऊलको छाउनीभित्र को जान्छ?” तब अबीशैले भने, “तपाईंसँग म जानेछु।” Viz kapitola |