Online Bible

- Reklamy -




१ शमूएल 24:11 - नेपाली नयाँ संशोधित संस्करण

11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा भएको यो तपाईंका लुगाको टुक्रा हेर्नुहोस्‌! मैले त्‍यो काटें, तर हजूरलाई मारिनँ। यसबाट थाहा होस्‌ कि हजूरको विरुद्ध उपद्रव गर्न अथवा धोखाबाजी गर्न मैले चिताएको छैनँ। मैले हजूरको केही खराबी गरेको छैनँ, तापनि हजूरले त मेरो प्राण लिन मलाई खेद्‌नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हेर्नुहोस् मेरा पिता, मैले हातमा लिएको यो तपाईंको खास्‍टोको टुक्रा हेर्नुहोस्। म तपाईंलाई मार्न सक्‍थें; तर मैले यो मात्रै काटें। यसैले तपाईंलाई विश्‍वास हुनुपर्छ कि मेरो तपाईंको विरुद्धमा विद्रोह गर्ने वा तपाईंलाई हानि गर्ने विचार छैन। मैले तपाईंको केही खराब नगरेको भए पनि तपाईंले मलाई मार्न खोजिहिंड्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 यो लुगाको टुक्रा मेरो हातमा हेर्नुहोस्। मैले यो टुक्रा तपाईंको खास्टोबाट काटेको हुँ। म तपाईंलाई मार्न सक्थें, तर मैले त्यसो गरिनँ। यो कुरा तपाईंलाई थाहा होस् भन्ने म चाहान्छु। म तपाईंलाई यो जनाउन चाहान्छु कि तपाईंको विरूद्धमा मैले कुनै योजना बनाएको छैन। मैले तपाईंलाई कुनै अनिष्ट गरेको छैन। तर तपाईं मेरो पछि लागेर मलाई मार्न चाहानुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हेर्नुहोस्, मेरा पिता, मेरो हातमा तपाईंको लुगाको टुक्रा हेर्नुहोस्! मैले तपाईंको खास्टोको किनार काटेँ, तर तपाईंलाई चाहिँ मारिनँ। म तपाईंको हानि गर्ने, अथवा तपाईंको विरोधी होइन भनी बुझ्नुहोस्। मैले तपाईंको हानि गरेको छैनँ; तर तपाईंचाहिँ मेरो प्राण लिन मलाई खेद्नुहुन्छ।

Viz kapitola kopírovat




१ शमूएल 24:11

Následuj nás:

Reklamy


Reklamy