१ शमूएल 20:41 - नेपाली नयाँ संशोधित संस्करण41 त्यो ठिटा गइसकेपछि दाऊद ढुङ्गाको दक्षिणतिरबाट निस्केर नम्रतापूर्वक तीन पल्ट निहुरेर ढोग गरे। अनि तिनीहरू एकले अर्कालाई चुम्बन गरे, र दुवै रोए। अनि दाऊदको अफसोस जोनाथनको भन्दा ज्यादा भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 केटो गएपछि दाऊद ढुङ्गाका रासको पछिल्तिरबाट निस्किआए र तीन पल्ट भूइँसम्म निहुरेर ढोग गरे। दाऊद र जोनाथनले आपसमा म्वाइँ खाए र रोए। दाऊदको मनको पीर जोनाथनको भन्दा ज्यादा थियो। Viz kapitolaपवित्र बाइबल41 केटो गयो अनि पहाडको अर्को पट्टिबाट दाऊद आए। दाऊदले शिर भूईतिर झुकाएर तीन पटक जोनाथनलाई अभिवादन गरे। त्यसपछि दाऊद र जोनाथनले एक-अर्कामा म्वाई खाए र दुवै रोए। जोनाथन भन्दा दाऊद ज्यादा रोए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 त्यो केटो गएपछि दावीद त्यस ढुङ्गाको दक्षिणतिरबाट उठेर आए, र जोनाथनको सामु आफ्नो अनुहार भुइँतिर निहुराएर तीन पटक तिनलाई दण्डवत् गरे। तब तिनीहरूले एक-आपसमा म्वाइँ खाएर एकसाथ रोए। तर दावीद भने झन् धेरै रोए। Viz kapitola |