१ शमूएल 20:2 - नेपाली नयाँ संशोधित संस्करण2 जोनाथनले जवाफ दिए, “यस्तो नहोस्। तपाईं मर्नुहुन्न। मलाई यो पक्का थाहा छ कि मलाई नभनीकन मेरा बुबाले केही पनि गर्नुहुन्न। मेरा बुबाले यस्तो कुरा मबाट किन लुकाउनुहुन्थ्यो र? यो कुरा सत्य होइन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 जोनाथनले उत्तर दिए, “परमेश्वरले तिम्रो मृत्यु हुनुदेखि तिमीलाई बचाऊन्! मेरा बुबाले आफूले गर्ने ठूला-साना सबै कुराहरू मलाई भन्नुहुन्छ र यो कुरा पनि मदेखि लुकाउनुहुनेछैन। यो साँचो हुन सक्दैन!” Viz kapitolaपवित्र बाइबल2 जोनाथनले भने, “त्यो सत्य हुन सक्दैन। तिमी मारिने छैनौ। मेरो पिताले मलाई नबताई कुनै काम पनि गर्नु हुँदैन। उहाँले मलाई मुख्य अनि साधारण सूचना भन्नुहुन्छ। यसकारण मेरो पिताले यदि तिमीलाई मार्ने योजना बनाएको भए मलाई किन भन्नुहुन्न र? यो हुनै सक्दैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 जोनाथनले जवाफ दिए, “कदापि यस्तो हुनेछैन! तपाईं मर्नुहुनेछैन! हेर्नुहोस्, मेरा पिताले मलाई नभनी ठूलो वा सानो होस्, कुनै पनि काम गर्नुहुन्न। उहाँले यो कुरा मदेखि किन लुकाउनुहुन्थ्यो र? यस्तो हुनै सक्दैन!” Viz kapitola |