१ शमूएल 19:4 - नेपाली नयाँ संशोधित संस्करण4 जोनाथनले आफ्ना पिता शाऊललाई यसो भने, “हजूर, आफ्ना दास दाऊदलाई अनर्थ नगर्नुहोस्। तिनले तपाईंको विरुद्धमा केही खराबी गरेका छैनन्। तिनले गरेका कामबाट तपाईंलाई फाइदा भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 जोनाथनले शाऊलको अघि दाऊदको प्रशंसा गरेर भने, “हजुर, आफ्नो सेवक दाऊदलाई केही खराबी नगर्नुहोस्। तिनले कहिल्यै तपाईंको खराबी गरेका छैनन्। त्यसका सट्टामा तिनले गरेका हरकामले तपाईंको ठूलो मद्दत भएको छ। Viz kapitolaपवित्र बाइबल4 जोनाथनले आफ्ना पिता शाऊलसँग कुरा गरे। जोनाथनले दाऊदको राम्रो पक्षको चर्चा गरे। जोनाथनले भने, “तपाईं राजा हुनुहुन्छ। दाऊद खालि तपाईंको सेवक मात्र हो। दाऊदले तपाईंलाई कुनै रीतिले हानि गरेको छैन। तपाईंले पनि उसको हानि गर्नु हुँदैन। दाऊदले सधै तपाईंको पक्षमा काम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जोनाथनले आफ्ना पिता शाऊलसँग दावीदको बारेमा राम्रो कुरा गरेर तिनलाई भने, “राजा, हजुरले आफ्ना सेवक दावीदलाई केही हानि नगर्नुहोस्। तिनले केही खराबी गरेका छैनन्। अनि तिनले जे गरेका छन्, त्यसबाट तपाईंलाई नै धेरै फाइदा भएको छ। Viz kapitola |