१ शमूएल 17:26 - नेपाली नयाँ संशोधित संस्करण26 दाऊदले छेउछाउका मानिसहरूतिर फर्केर भने, “यस पलिश्तीलाई मार्ने र इस्राएलको अपमान हटाउने मानिसलाई के गरिदिने त? जीवित परमेश्वरको सेनालाई तुच्छ भन्ने त्यो खतना नभएको पलिश्तीचाहिँ को हो र?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 दाऊदले आफ्ना छेउका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएललाई यस बेइज्जतीबाट छुटाउने मानिसले के पाउनेछ? जिउँदो परमेश्वरको सेनालाई तुच्छ ठान्ने यो कुनचाहिँ बेखतने पलिश्ती हो?” Viz kapitolaपवित्र बाइबल26 दाऊदले छेवैका मानिसलाई सोध्यो, “त्यसले के भन्यो? यदि कसैले यो पलिश्तीलाई मार्छ अनि इस्राएलको इज्जत बचाउँछ भने एउटा विदेशी मात्र त हो, उसले के इनाम पाउनेछ? यो गोल्यत के हो र? गोल्यत एकजना पलिश्ती भन्दा बढी केही होइन। त्यसले यो के सोचिरहेछ? उसले जीवित परमेश्वरका सैनिकहरूलाई धम्काउन सक्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 दावीदले आफ्नो छेउमा उभिरहेका मानिसहरूलाई सोधे, “यस पलिश्तीलाई मार्ने र इस्राएलबाट अपमान हटाइदिने मानिसको निम्ति के गरिनेछ? जीवित परमेश्वरको सेनालाई धम्की दिने खतना नभएको यो पलिश्ती को हो र?” Viz kapitola |