१ शमूएल 15:20 - नेपाली नयाँ संशोधित संस्करण20 शाऊलले शमूएललाई उत्तर दिए, “तर मैले त परमप्रभुको आज्ञापालन गरें। परमप्रभुले पठाउनुभएको ठाउँमा म गएँ, र अमालेकीहरूका राजा अगागलाई समातेर ल्याएँ। उनीहरूमध्येका बाँकीलाई चाहिँ मैले नष्ट पारिदिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 “मैले परमप्रभुको आज्ञा साँच्चै पालन गरें,” शाऊलले जवाफ दिए, “उहाँले भनेअनुसार म गएँ, अगाग राजालाई ल्याएँ र सबै अमालेकीहरूलाई मारें। Viz kapitolaपवित्र बाइबल20 शऊलले भने, “तर मैले त परमप्रभुको सबै कुरा मानें मलाई जहाँ पठाउँनु भयो त्यहीं गएँ। मैले अमालेकीहरू सबैलाई नष्ट गरे। मैले खाली साथमा एकजना मानिस ल्याएँ तिनीहरूका राजा अगाग। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 शाऊलले भने, “तर मैले याहवेहको आज्ञापालन गरेँ। याहवेहले मलाई दिनुभएको जिम्मेवारी पूरा गर्न म गएँ। मैले अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्ट गरे। अनि तिनीहरूका राजा अगागलाई समातेर ल्याएँ। Viz kapitola |