१ शमूएल 15:18 - नेपाली नयाँ संशोधित संस्करण18 अनि उहाँले तपाईंलाई ‘त्यस दुष्ट जाति, ती अमालेकीहरूलाई बिलकुलै नाश गर्नू’ भनी कड़ा आज्ञा दिएर पठाउनुभएको थियो। उनीहरूलाई निमिट्यान्न नपारुञ्जेल तपाईंले उनीहरूका विरुद्धमा लड़ाइँ गरिरहनुपर्नेथियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 र अमालेकका दुष्ट मानिसहरूलाई नाश पार्ने आज्ञा दिएर पठाउनुभयो। उहाँले तिमीलाई भन्नुभयो कि तिमीले तिनीहरू सबैलाई मारी नसकेसम्म लडाइँ गर्नू। Viz kapitolaपवित्र बाइबल18 परमप्रभुले तपाईंलाई एउटा विशेष सेवाकार्यको निम्ति पठाउनु भयो। परमप्रभुले भन्नुभयो, ‘अमालेकीहरूकहाँ जाऊ, अनि तिनीहरूलाई नष्ट पार किनभने तिनीहरू खराब मानिस हुन्।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि उहाँले तिमीलाई जिम्मेवारी दिएर पठाउनुहुँदा यसो भन्नुभयो, ‘जाऊ, र यी दुष्ट मानिसहरू, अर्थात् अमालेकीहरूलाई सम्पूर्ण रूपमा नष्ट गर्नू। तिनीहरूका नामनिशानै नमेटुन्जेल तिनीहरूसँग युद्ध गर्नू।’ Viz kapitola |