१ शमूएल 14:12 - नेपाली नयाँ संशोधित संस्करण12 उनीहरूले जोनाथन र तिनका हतियार बोक्ने मानिसलाई भने, “यहाँ हामीकहाँ उक्लेर आओ। हामी तिमीहरूलाई पाठ सिकाउनेछौं।” जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “मेरो पछि उक्लेर आऊ। परमप्रभुले उनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब तिनीहरूले जोनाथन र त्यस केटालाई कराएर भने, “तिमीहरू यहाँ आओ! हामीसित तिमीहरूलाई भन्नुपर्ने केही कुरा छन्!” जोनाथनले त्यस केटालाई भने, “मेरो पछि-पछि आऊ। परमप्रभुले इस्राएललाई तिनीहरूमाथि विजय दिनुभएको छ।” Viz kapitolaपवित्र बाइबल12 किल्लाको रक्षक पलिश्तीहरूले जोनाथन र तिनका सहायकलाई कराएर भने, “यहाँ आऊ, तिमीहरूलाई हामी पाठ सिकाउँने छौं।” जोनाथनले आफ्नो सहयोगीलाई भन्यो, “पहाड चढ्दा मेरो पछि आउनु, परमेश्वरले यसरी मिलाउनु भएको छ कि इस्राएलीहरूले पलिश्तीहरूलाई हराउने छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब पलिश्तीहरूका चौकीका मानिसहरूले जोनाथन र तिनको हतियार बोक्नेलाई कराएर भने, “हामीकहाँ आओ र हामी तिमीहरूलाई एउटा पाठ सिकाउनेछौँ।” यसकारण जोनाथनले आफ्ना हतियार बोक्नेलाई भने, “मेरो पछि-पछि माथि आऊ; किनभने याहवेहले तिनीहरूलाई इस्राएलको हातमा सुम्पिदिनुभएको छ।” Viz kapitola |