१ शमूएल 12:8 - नेपाली नयाँ संशोधित संस्करण8 “याकूब मिश्रदेशमा प्रवेश गरेपछि तिनले सहायताको निम्ति परमप्रभुलाई पुकारे, अनि उहाँले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्याए, र यस ठाउँमा बसाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जब याकूब र तिनका परिवार मिश्रमा गए र मिश्रीहरूले तिनीहरूलाई सताए, तिम्रा पुर्खाहरूले मद्दतको निम्ति परमप्रभुलाई पुकारे र उहाँले मोशा र हारूनलाई पठाउनुभयो। ती दुईले तिमीहरूलाई मिश्रबाट निकाली ल्याए र यस देशमा बसाए। Viz kapitolaपवित्र बाइबल8 “याकूब मिश्र गए पछि मिश्र बासीहरूले उसका सन्तानहरूको जीवनलाई धेरै कष्टमय बनाए। यसर्थ तिनीहरूले परमप्रभुलाई सहायताको निम्ति रोइकराइ गरे। परमप्रभुले मोशा र हारूनलाई पठाउनु भयो। मोशा र हारूनले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर लिएर आए अनि यही ठाउँमा बस्ने व्यवस्था मिलाई दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए। Viz kapitola |