१ शमूएल 12:3 - नेपाली नयाँ संशोधित संस्करण3 म यहीँ छु। मेरो विरुद्धमा तिमीहरूको केही भन्नु छ भने यहाँ परमप्रभु र उहाँका अभिषिक्त जनको उपस्थितिमा उजूर गर। कसको गोरु मैले लिएको छु? कसको गधा मैले लिएको छु? मैले कसलाई ठगेको छु? मैले कसमाथि अत्याचार गरें? मैले कसको कसूर लुकाउनलाई घूस लिएँ? मलाई भन, र म त्यसको क्षतिपूर्ति गरिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म उही हुँ। मैले केही भुल गरेको छु भने अहिले परमप्रभु र उहाँले चुन्नुभएको राजाको सामुन्ने मलाई दोष लगाओ। के मैले कसैको गाई वा गधा लगें? के मैले कसैलाई ठगेको वा सताएको छु? के मैले कोहीदेखि घूस लिएको छु? यदि मैले कुनै यस्तो काम गरेको छु भने मैले जे लिएको छु, त्यो म फिर्ता दिनेछु।” Viz kapitolaपवित्र बाइबल3 अहिले म यहाँ छु। यदि मैले कुनै भूलचुक गरेको भए परमप्रभुको अघि अनि परमप्रभुले चुन्नु भएको राजाअघि तिमीहरूले भन्नुपर्छ। के मैले कसैको गाई अथवा गधा चोरें? कसैलाई ठगे वा कष्ट पुर्याएँ? के मैले पैसा अथवा एक जोडी जुत्ता कहिले घुस लिएकोछु? यदि मैले यस्तो केही गरेको भए त्यसलाई म सच्याउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।” Viz kapitola |