१ शमूएल 12:11 - नेपाली नयाँ संशोधित संस्करण11 तब परमप्रभुले यरूब-बाल र बाराक, यिप्ता र शमूएललाई तिमीहरूका चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्ति र कुशलसित बस्न लाग्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि परमप्रभुले गिदोन त्यसपछि बाराक, यिप्ता र अन्तमा मलाई पठाउनुभयो। हामीहरू हरेकले तिमीहरूलाई तिम्रा शत्रुहरूबाट बचायौं र तिमीहरूले सुरक्षासाथ बास गर्यौ। Viz kapitolaपवित्र बाइबल11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि याहवेहले यरूब-बाल, बाराक, यिप्ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्यौ। Viz kapitola |