१ पत्रुस 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्न लगाउँछ।” किनकि तिनीहरू वचन उल्लङ्घन गर्छन् र लोट्छन्। तिनीहरूका निम्ति यस्तै हुन तोकिएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धर्मशास्त्रले भन्छ, “यही नै मानिसहरूलाई ठेस लाग्ने ढुङ्गा हो। यही पत्थरले गर्दा धेरै जना लड्नेछन्। परमेश्वरको वचन तिनीहरूले विश्वास नगरेकाले ठेस खानेछन्। तिनीहरूको निम्ति यस्तै तोकिएको थियो। Viz kapitolaपवित्र बाइबल8 जसले विश्वास गर्दैनन् तिनीहरूको निम्ति उहाँ हुनुहुन्छ्: “एक ढुङ्गा जसले मानिसहरूलाई ठेस लगाउँछ, एक ढुङ्गा जसले मानिसहरूलाई लडाउँछ।” मानिसहरूलाई ठेस लाग्छ किनभने तिनीहरू परमेश्वरले भनेका कुरा पालन गर्दैनन्। यो परमेश्वरको योजना अनुसार हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए। Viz kapitola |