१ राजा 5:9 - नेपाली नयाँ संशोधित संस्करण9 मेरा मानिसहरूले लेबनानबाट समुद्रसम्म मूढ़ाहरू झार्नेछन्, र ती बाँधेर तपाईंले तोक्नुभएको ठाउँमा बगाएर पठाउन लाउनेछु। म त्यहाँ ती खोल्न लाउनेछु, र तपाईंले ती लैजान सक्नुहुनेछ। अनि मेरा राजकीय घरानाको निम्ति तपाईंले खानेकुरा जुटाइदिएर तपाईंले मेरो इच्छा पूरा गरिदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मेरा मानिसहरूले मुढाहरू लेबनानबाट समुद्रमा झार्नेछन् र तिनलाई सँगसँगै बाँधेर, किनारै-किनार बगाएर, तपाईंले भनेका ठाउँमा पुर्याउनेछन्। त्यहाँ मेरा मानिसहरूले ती मुढाहरू खोलिदिनेछन् र तपाईंका मानिसहरूले त्यसका जिम्मा लिनेछन्। तपाईंले चाहिँ मेरा मानिसहरूलाई खानेकुराको व्यवस्था गरिदिनुहोला, म यति नै चाहन्छु।” Viz kapitolaपवित्र बाइबल9 मेरो सेवकहरूले यी रूखहरू लबानोनदेखि समुद्रसम्म ल्याउनेछन्। तब ती रूखहरू बाँध्नेछु अनि तपाईंले इच्छा गर्नु भएको ठाउँसम्म बगाएर पठाउने छु। त्यहाँ म तिनीहरूलाई जम्मा गर्ने छु अनि तपाईंले तिनीहरूलाई आफ्नो साथ लिएर जान सक्नु हुन्छ। बद्लामा तपाईंले मेरो घर परिवारको लागि खान पठाईदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 मेरा मानिसहरूले ती लेबनानबाट समुद्रमा खसाइदिनेछन्। अनि तिनीहरूलाई बाँधेर समुद्रमा तपाईंले भन्नुभएको ठाउँसम्म म बगाइदिनेछु। त्यहाँ म तिनीहरूलाई अलग गरिदिनेछु; र तपाईंले ती लान सक्नुहुन्छ। तपाईंले चाहिँ मेरो राजकीय घरानाको निम्ति भोजनको जिम्मा लिइदिनुहोस्।” Viz kapitola |