१ राजा 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 “अनि तिमीसँग भएको बहूरीमको बेन्यामीनी गेराको छोरो शिमीलाई याद राख्नू। म महनोममा गएको दिन त्यसले मलाई खूबै सरापेको थियो। जब त्यो यर्दन नदीमा मलाई भेट्न आयो, तब ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी मैले परमप्रभुको नाउँमा शपथ खाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “बेन्यामीन देशका बहुरीम सहरबाट आएका गेराको छोरो शिमीलाई पनि नभुल्नू। म महनोममा गएको दिन त्यसले मलाई खुब सरापेको थियो। तर जब त्यसले मलाई यर्दन नदीछेउ भेटेको थियो, मैले परमप्रभुको नाउँमा त्यसलाई तँ मारिनेछैनस् भनी एउटा गम्भीर प्रतिज्ञा गरेको थिएँ। Viz kapitolaपवित्र बाइबल8 “अनि याद गर, गेरका छोरा शिमी अझै यहीं छन्। उनी बहूरीमको बिन्यामीन कुल समूह हुन्। याद गर, म महनेमतिर भागेको दिन उनले मेरो विरूद्धमा नराम्रो कुरा भनेका थिए। तब उनी मसित भेट गर्न यर्दन नदीमा आएका थिए। तब मैले उनलाई वचन दिएको थिएँ। मैले परमेश्वर सामु प्रतिज्ञा गरेको थिएँ म शिमीलाई मार्दिन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “यो याद राख्नू, म महनाइममा गएको दिन बहूरीमको बेन्यामीनी गेराको छोरा शिमीले मलाई सराप्नुसम्म सरापेको थियो। जब त्यो मलाई यर्दनमा भेट्न आयो, तब मैले त्यससित याहवेहको नाममा ‘म तँलाई तरवारले मार्नेछैनँ’ भनी शपथ खाएँ। Viz kapitola |