Online Bible

- Reklamy -




१ कोरिन्थी 10:13 - नेपाली नयाँ संशोधित संस्करण

13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमीहरूका जीवनमा आइपर्ने सबै जाँचहरू मानिसलाई आउने किसिमकै हुन्‍छ। परमेश्‍वर विश्‍वासी हुनुहुन्‍छ अनि सहनै नसक्‍ने गरी तिमीहरूको जाँच हुन दिनुहुन्‍न। उहाँले जाँचबाट पार हुने बाटो पनि बनाइदिनुहुन्‍छ र जाँच हुँदा तिमीहरूले त्‍यसलाई सहन सक्‍छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हामीमा पनि अरूमा जस्तै प्रलोभनहरू छन्। तर तिमीले परमेश्वरमाथि भरोसा राख्न सक्छौं। उहाँले तिमीले सहनु सक्ने भन्दा बढ़ता परीक्षा लिनुदिनु हुँदैन। जब तिमी प्रलोभित हुन्छौ परमेश्वरले तिमीलाई त्यो परीक्षाबाट बाँच्नलाई पनि सहायता गर्नु हुनेछ। तब तिमी त्यो सहन समर्थ हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू सहनै नसक्ने परीक्षामा तिमीहरू परेका छैनौ। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ; उहाँले तिमीहरूलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुनेछैन; तर जब तिमीहरू परीक्षामा पर्छौ, तब उहाँले तिमीहरूलाई त्यसबाट उम्कने बाटो पनि दिनुहुनेछ। यसरी तिमीहरूले त्यसलाई सहन सक्नेछौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 10:13

Následuj nás:

Reklamy


Reklamy