१ इतिहास 9:27 - नेपाली नयाँ संशोधित संस्करण27 तिनीहरू सधैँ परमप्रभुका भवनको हाताभित्रै सुत्थे, किनभने पहर-पहरमा तिनीहरूको काम हुन्थ्यो। अनि बिहानैपिच्छे मूल ढोकाहरू खोल्ने साँचोको जिम्मा तिनीहरूको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उनीहरू मन्दिरको छेउमा नै बस्थे किनभने त्यसको पहरा गर्ने र हरेक बिहान ढोकाहरू खोल्ने काम उनीहरूको थियो। Viz kapitolaपवित्र बाइबल27 तिनीहरू परमेश्वरको मन्दिरको रक्षा गर्दै रात भरि जागा रहन्थे। तिनीहरू अनि प्रत्येक बिहान परमेश्वरको मन्दिर खोल्ने काम गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तिनीहरूले परमेश्वरको भवनको वरिपरि रात बिताउँथे; किनकि तिनीहरूले भवनको रक्षा गर्नुपर्थ्यो। भवनको चाबी तिनीहरूसँग नै हुन्थ्यो र प्रत्येक बिहान तिनीहरूले नै भवन खोल्ने गर्थे। Viz kapitola |