१ इतिहास 24:6 - नेपाली नयाँ संशोधित संस्करण6 नतनेलका छोरा शमायाह, जो एक लेवी र शास्त्री पनि थिए, तिनले राजा र अधिकारीहरूका सामुन्ने पूजाहारीहरूका नाउँ लेखे: सादोक पूजाहारी र अबियाथारका छोरा अहीमेलेक र पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू, अर्थात् एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालोपालो एकएक परिवारको नाउँ तिनले लेखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 चिट्ठा हाल्ने काम पनि एलाजार र ईतामारका सन्तानले पालैपालो गर्थे। त्यसपछि तिनीहरूको नाम एक जना लेवी सचिव नतनेलको छोरो शमायाहले लेख्थे। राजा, राजाका भारदारहरू, पूजाहारी सादोक, अबियाथारको छोरो अहीमेलेक, लेवी परिवार र पूजाहारी परिवारका प्रधानहरू सबै साक्षी बस्थे। Viz kapitolaपवित्र बाइबल6 शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 लेवी नथनिएलका छोरा शास्त्री शमायाहले राजा र अधिकृतहरू: पुजारी सादोक, अबीयाथारका छोरा अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारका अगुवाहरूको उपस्थितिमा तिनीहरूका नामहरू दर्ता गरे। एउटा घराना एलाजारबाट र एउटा घराना ईतामारबाट गोला हालेर छानियो। Viz kapitola |