१ इतिहास 24:31 - नेपाली नयाँ संशोधित संस्करण31 राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा आफ्ना कुटुम्ब हारूनका सन्तानहरूले गरेझैँ यिनीहरूले पनि चिट्ठा हाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 परिवारका प्रधान र उनको एक भाइले काम बाँड्न सबै जनाको निम्ति चिट्ठा हाल्थे। तिनीहरूका कुटुम्बले हारूनका सन्तानमा जन्म भएका पूजाहारीहरूले झैँ तिनीहरूले चिट्ठा हाल्थे। दाऊद राजा, सादोक, अहीमेलेक र पूजाहारी र लेवी परिवारका प्रधानहरू साक्षी बस्थे। Viz kapitolaपवित्र बाइबल31 तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूका दाजुभाइहरू र हारूनका सन्तानहरूले गरेझैँ तिनीहरूले दावीद राजाको उपस्थितिमा र सादोक, अहीमेलेक र पुजारीहरू र लेवीहरूका परिवारहरूका अगुवाहरूको उपस्थितिमा चिट्ठा हाले। परिवारको सबैभन्दा जेठो दाजु होस् वा सबैभन्दा सानो भाइ होस्, उमेर र पदको ख्याल नराखी समान व्यवहार गरियो। Viz kapitola |