Online Bible

- Reklamy -




सपन्याह 3:8 - पवित्र बाइबल

8 परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुन्जेल अनि तिम्रो न्याय गरून्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तिमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 “यसकारण,” परमप्रभु भन्‍नुहुन्‍छ, “गवाही दिन म खड़ा हुने दिनसम्‍म तिमीहरू मलाई पर्खिरहो। जाति-जातिहरूलाई जम्‍मा गर्न र राज्‍य-राज्‍यलाई भेला गर्न, अनि तिनीहरूमाथि मेरो रीस पोखाउन, सबै रीस पूरा खन्‍याउन मैले निर्णय गरेको छु। सम्‍पूर्ण पृथ्‍वी मेरो डाहको आगोले भस्‍म हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभु भन्‍नुहुन्‍छ, “पर्ख! मैले जाति-जातिलाई दोष लाउने दिनलाई पर्ख। मैले जाति-जाति र राज्‍य-राज्‍यलाई भेला गरी मेरो रिस तिनीहरूमाथि खन्‍याउने पक्‍का विचार गरिसकेको छु। मेरो क्रोधको आगोमा सारा पृथ्‍वी भस्‍म हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेह घोषणा गर्नुहुन्छ, “साक्षी दिन म खडा हुनेछु, यसकारण त्यस दिनसम्म तिमीहरू मलाई पर्खिरहो। राष्ट्रहरूलाई एकसाथ भेला गर्न, र राज्य राज्यलाई एक ठाउँमा जम्मा गर्न; अनि मेरो क्रोधको आगो तिनीहरूमाथि खन्याउने निर्णय गरेको छु— मेरो सबै बल्दो रिस तिनीहरूमाथि खन्याउने मैले निर्णय गरेको छु। समस्त पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।

Viz kapitola kopírovat




सपन्याह 3:8

Následuj nás:

Reklamy


Reklamy