सपन्याह 3:20 - पवित्र बाइबल20 त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु, म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु, म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु। प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्। यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी, ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु, र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामुन्ने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बीचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यो समय आउँदै छ! छरपष्ट भएका तिमीहरूका सन्तानहरूलाई म घर फर्काई ल्याउनेछु, सारा संसारमा म तिमीहरूलाई प्रसिद्ध बनाउनेछु र तिमीहरूकै आँखाअघि म फेरि एकपल्ट तिमीहरूको फलिफाप गराउनेछु।” यसरी परमप्रभु बोल्नुभएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु; म त्यस बेला तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूका सुदिन तिमीहरूकै आँखाको अगाडि फर्काएर ल्याउनेछु, तब म तिमीहरूलाई पृथ्वीका समस्त जातिहरूका बीचमा प्रशंसा र सम्मान दिनेछु,” याहवेह भन्नुहुन्छ। Viz kapitola |