सपन्याह 2:9 - पवित्र बाइबल9 यसकारण जस्तो जीवित छु, मोआब अनि अम्मोनका मानिसहरूलाई सदोम अनि गमोराझैं ध्वंश गरिदिनेछु। म सर्वशक्तिमान परमप्रभु, इस्राएलको परमेश्वर हुँ। म त्यो प्रतिज्ञा गर्छु कि ती देशहरू सदा सर्वदाको निम्ति सम्पूर्ण रूपले नष्ट गरिनेछ। तिनीहरूको भूमिमा घाँस उम्रनेछ। तिनीहरूको जमीन न्नको खानी जस्तै हुनेछ। मेरो मानिसहरू मध्ये बाँचेकाहरूले त्यो जमीन अनि त्यसमा भएको चीज-बीजहरूको प्रयोग गर्नेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसैकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म जीवित रहेझैँ, निश्चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै झार-जङ्गल र नूनका खाल्डा भएको ठाउँ, र सदासर्वदाको निम्ति रूखो जमिन हुनेछन्। मेरो प्रजाका बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्, र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 म इस्राएलका जीवित परमप्रभु परमेश्वर हुँ भन्ने स्वयम् साक्षी राखी भन्दछु कि मोआब र अम्मोनचाहिँ सदोम र गमोराजस्तै नाश हुनेछन्। मोआब र अम्मोन जङ्गली झारपातले ढाकेका नुनका खानीहरू बन्नेछन् र सधैँको लागि नष्ट हुनेछन् र मेरो प्रजाका बचेकाहरूले तिनीहरूको देश कब्जा गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण म जीवित भएझैँ,” सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर घोषणा गर्नुहुन्छ, “निश्चय नै मोआब सदोमजस्तै र अम्मोनीहरू गमोराजस्तै हुनेछन्; सामा र नुनका खाडलैखाडल भएको ठाउँ, र सधैँका निम्ति रुखो जमिन हुनेछन्। मेरा बाँकी रहेका मानिसहरूले तिनीहरूलाई लुट्नेछन्; मेरा राष्ट्रमा जीवित रहेकाहरूले तिनीहरूको देश अधिकार गर्नेछन्।” Viz kapitola |