सपन्याह 2:15 - पवित्र बाइबल15 नीनवे अहिले एकदमै घमण्डी भएकोछ। यो यस्तो आनन्दित शहरहो, मानिसहरू सम्झन्छन् कि तिनीहरू सुरक्षीत छन्। तिनीहरू सम्झन्छन् कि नीनवे एकदमै ठूलो शहर हो। तर त्यो शहर नष्ट गरिनेछ। यो उजाड हुनेछ। जहाँ खालि जङ्गली जनावरहरूले मात्र बास गर्ने छन्। जब मानिसहरू यो बाटो भएर जान्छन् त्यति बेला तिनीहरूले देख्ने छन् कि कति नराम्रो प्रकारले शहर नष्ट गरिएकोछ, तब तिनीहरू टाउको हल्लाउँदै खुट्टा ठटाउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यो त त्यही सुरक्षितसाथ निर्धक्क बस्ने सहर हो, जसले आफ्नो हृदयमा भन्दथ्यो, “म नै हुँ, मबाहेक अरू कोही छैन।” त्यो कस्तो भग्नावशेष भयो, वन-पशुहरूको ओड़ार। त्यताबाट भएर जानेहरू सबैले त्यसको गिल्ला गर्दै मुक्का देखाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 आफ्नै बलमा घमण्ड गर्ने र आफैंलाई सुरक्षित छु भन्ठान्ने सहरको गति त्यस्तो हुनेछ। “म मात्र छु र मबाहेक अरू छैन,” भनेर त्यो सहरले ठान्दछ। तर त्यो कस्तो उजाड हुनेछ! जङ्गली जन्तुहरू बास बस्ने ठाउँ हुनेछ! त्यसका छेउबाट भएर जानेहरूले खुच्चिङ गर्दै हात हल्लाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यो त्यही घमण्डी सहर हो, जुन सुरक्षितसाथ निर्धक्क बस्दथ्यो। त्यसले आफूलाई भनेकी थिई, “म नै हुँ, र मबाहेक अरू कोही छैन!” अहिले त्यसको कस्तो विनाश भएको छ! त्यो जङ्गली जनावरहरूका निम्ति गुफा भएकी छ! त्यहाँबाट भएर जानेहरू सबैले त्यसलाई आफ्नो मुक्का देखाएर खिसी गर्नेछन्। Viz kapitola |