सपन्याह 2:14 - पवित्र बाइबल14 भेंडा़ अनि जङ्गली जनावरहरू मात्र त्यो जमीनमा बस्नेछन्। लाटोकोसेरोहरू अनि कागहरू त्यो किल्लाहरूमा बस्नेछन् जुन बेकामे भएका छन्। तिनीहरूको स्वर खिड्कीबाट आए जस्तो सुनिने छ। कागहरू ढोकामा बस्नेछन्। कालो चरा ती खालि घरहरूमा बस्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 पशुका बथान र बगाल, सबै किसिमका प्राणी त्यहाँ सुत्नेछन्। मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराले त्यहाँका स्तम्भमा गुँड़ लगाउनेछन्। तिनीहरूको कराइ झ्यालहरूबाट प्रतिध्वनित हुनेछ। बाटोहरूमा रोड़ा-ढुङ्गाका टुक्राहरू हुनेछन्, देवदारुका दलिनहरू खुलस्त देखिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यो भेडाका बगालहरू, गाई-गोरुका बथानहरू र अरू विभिन्न किसिमका पशुहरू बस्ने ठाउँ हुनेछ। त्यो भताभुङ्ग ठाउँमा लाटोकोसेराहरू बास गर्नेछन् र घरका झ्यालहरूबाट कराउनेछन्। ढोकाका सँघारहरूबाट कागहरू कराउनेछन्। घर बनाउँदा लाएका देवदारुका काठहरू उप्काई लगिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 त्यहाँ सबै किसिमका जीवजन्तुका बथान र बगालले आराम गर्नेछन्; मरुभूमिको उल्लु र कराउने उल्लुहरूले त्यसको रूखका प्वालहरूमा बसोबास गर्नेछन्। झ्यालहरूबाट ती उल्लुहरूले कराएको आवाज प्रतिध्वनित हुनेछन्; ढोकाहरू ढुङ्गाका थुप्राहरूले भरिनेछन्, र देवदारुका चौकसहरू उदाङ्गिनेछन्। Viz kapitola |