सपन्याह 1:4 - पवित्र बाइबल4 परमप्रभु भन्नुहुन्छ, “म यरूशलेम अनि यहूदाका बासिन्दाहरूलाई दण्ड दिनेछु! म ती सबै चीजहरू त्यस स्थानबाट हटाउँनेछु। म बाल पूज्ने अन्तिम चिन्ह हटाउँनेछु। म पूजारीहरूलाई हटाई दिनेछु अनि ती मानिसहरू जसले नक्षत्रहरू पूज्नलाई तिनीहरूको घरको छाना माथि जान्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “म यहूदाको विरुद्धमा र यरूशलेममा बस्नेहरू सबैका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँबाट बाल देवताका बचेको हरेकलाई, मूर्ति र देवता पुज्ने पूजाहारीहरूको नाउँनिशानै मेटिदिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 “यरूशलेम र सारा यहूदा देशका मानिसहरूलाई म दण्ड दिनेछु। त्यहाँ बाल देवताको पूजा गर्ने विधि रतिभर म बाँकी राख्नेछैनँ र त्यसको मूर्तिको पूजा गर्ने कुनै पूजाहारीको यादसम्म कसैलाई रहनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “म यहूदाको विरुद्धमा र यरूशलेममा बास गर्ने सबै मानिसहरूका विरुद्धमा मेरो हात पसार्नेछु। यस ठाउँमा बाल-देवताको पूजा गर्न बचेका हरेकलाई, र त्यसका मूर्तिपूजक पुजारीहरूका नामनिशानै मेटिदिनेछु; Viz kapitola |