Online Bible

- Reklamy -




जकरिया 9:9 - पवित्र बाइबल

9 हे सियोन, आनन्दित होऊ! यरूशलेमका मानिसहरू खुसिले कराऊ! हेर! तिमीहरूका राजा तिमीहरूकहाँ आइरहेछन्। उहाँ धर्मी हुनुहुन्छ अनि उहाँले मुक्ति ल्यउँनुहुन्छ। उहाँ नम्र हुनुहुन्छ अनि उहाँ गधामा चढेर आउँदै हुनुहुन्छ, उहाँ एउटा जवान गधामा चढेर आउँदै हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 हे सियोनकी छोरी, खूब रमाऊ। हे यरूशलेमकी छोरी, जोडसित कराऊ! हेर, तिम्रा राजा तिमीकहाँ आउँदैहुनुहुन्‍छ। उहाँ धर्मात्‍मा र मुक्तिदाता हुनुहुन्‍छ। उहाँ भला हुनुहुन्‍छ, र गधामाथि, अर्थात्‌ गधाको बच्‍चा एउटा बछेड़ामाथि सवार भएर आउँदैहुनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 रमाओ, हे सियोनका बासिन्‍दाहरू हो, रमाओ! हे यरूशलेमका मानिसहरू हो, आनन्‍दले सोर मच्‍चाओ! हेर, तिमीहरूका राजा तिमीहरूकहाँ आउँदै हुनुहुन्‍छ। विजय र उद्धारको साथ आउनुहुन्‍छ, तर नम्र बनी गधामा अर्थात् गधैनीको बछेडामा चढी आउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हे सियोनकी छोरी, खूब आनन्द गर्! यरूशलेमकी छोरी, चर्को सोरमा करा! हेर्, तेरो राजा तँकहाँ आउँदैहुनुहुन्छ; उहाँ धार्मिक र विजयी हुनुहुन्छ; नम्र र गधामाथि सवार हुनुभएर आउनुहुन्छ; गधाको एउटा बछेडामाथि सवार भएर आउँदैहुनुहुन्छ।

Viz kapitola kopírovat




जकरिया 9:9

Následuj nás:

Reklamy


Reklamy