जकरिया 9:8 - पवित्र बाइबल8 म शत्रुका सेनाहरूलाई यहाँबाट जान दिनेछैन, अब उसो म तिनीहरूलाई मेरा मानिसहरू प्रति चोट पुर्याउन दिनेछैन। मैले मेरा आँखाले देखेको छु कि बितेका दिनहरूमा मेरा मानिसहरूले कति कष्ट भोगेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आक्रमण गर्नेहरूबाट मेरो भवनको रक्षा गर्नलाई त्यसको चारैतिर म छाउनी बनाउनेछु। फेरि कुनै अत्याचारीले मेरो प्रजामाथि अतिक्रमण गर्नेछैन, किनभने अब म आफै रखवाली गरिरहनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 म मेरो देशको रक्षा गर्नेछु र त्यसका बीचबाट कुनै सेना जान दिनेछैनँ। म कुनै अत्याचारीलाई अब मेरो प्रजामाथि थिचोमिचो गर्न दिनेछैनँ कारण अब मैले तिनीहरूमाथि रेखदेख गरिरहेको छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तर म मेरो भवनलाई आक्रमणकारीबाट रक्षा गर्न चारैतिर छाउनी बनाउनेछु। कुनै पनि अत्याचारीले मेरा मानिसहरूलाई फेरि कहिल्यै जित्नेछैन; किनकि अहिले मैले निगरानी गरिरहेको छु। Viz kapitola |