जकरिया 8:13 - पवित्र बाइबल13 मानिसहरू आफ्नो अभिशापको निम्ति यरूशलेम अनि यहूदाको नाउँ लिनेछन् तर म इस्राएल र यहूदालाई बचाउँनेछु अनि तिनीहरूको नाउँ आशिषको रूपमा प्रमाणित हुन थाल्नेछ। यसकारण नडराऊ! बलियो होऊ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हे यहूदा र इस्राएल हो, जसरी तिमीहरू जाति-जातिहरूका बीचमा अभिशाप भएका थियौ, यसरी म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिष्को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हात बलिया होऊन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हे यहूदा र इस्राएलका बासिन्दाहरू हो! बितेका दिनहरूमा विदेशीहरूले कसैलाई सराप दिँदा भन्थे, ‘यहूदा र इस्राएलमा परेका विपत्तिहरू तिमीहरूमाथि पनि परून्’ तर म तिमीहरूलाई बचाउनेछु। तब ती विदेशीहरूले यसो भनी आशिष् दिनेछन्, ‘यहूदा र यरूशलेमले पाएका आशिष्हरू तिमीहरूले पनि पाओ। यसकारण साहसी होओ र नडराओ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे यहूदा र इस्राएल, तिमीहरू राष्ट्रहरूका बीचमा श्रापको पात्र भएका थियौ, तर अब म तिमीहरूलाई बचाउनेछु, र तिमीहरू आशिष्को कारण हुनेछौ। नडराओ, तर तिमीहरूका हातहरू बलिया होऊन्।” Viz kapitola |