जकरिया 8:12 - पवित्र बाइबल12 “ती मानिसहरूले शान्तिसँग खेती लगाउँनेछन्। दाखको बोटले फलहरू दिनेछ। भूमिले राम्रो उब्जनी दिनेछ तथा आकाशबाट पानी पर्नेछ। म यी सबै चीजहरू मेरा ती मानिसहरूलाई दिनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “बीउ राम्ररी उब्जनेछ, दाखको बोटले फल दिनेछ, जमिनले त्यसको अन्न उब्जाउनेछ, र आकाशले शीत झार्नेछ। म यस प्रजाको बाँकी रहेका मानिसहरू यी सबै कुरा उत्तराधिकारको रूपमा दिनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले शान्तिमा आफ्ना बाली रोप्नेछन्। तिनीहरूका दाखका बोटहरूमा फल लाग्नेछन्। जमिनले अन्न उमार्नेछ र पुग्दो झरी बर्सनेछ। मेरा जातिका बाँचेका मानिसहरूलाई म यी आशिष् दिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “बिउ राम्रोसँग उम्रिनेछ, दाखले राम्ररी फल फलाउनेछ, भूमिले अन्नबाली फलाउनेछ र आकाशले शीत झार्नेछ। बाँकी रहेका यी जातिहरूलाई पैतृक सम्पत्तिको रूपमा यी सबै कुरा म दिनेछु। Viz kapitola |