जकरिया 3:1 - पवित्र बाइबल1 त्यसपछि स्वर्गदूतले मलाई प्रधान पूजाहारी यहोशू देखाए। यहोशू परमप्रभुको स्वर्गदूतको सामुन्ने उभिरहेका थिए अनि शैतान यहोशूको दाहिने पट्टि उभिरहेको थियो। शैतान त्यहाँ यहोशूलाई दोष लगाउन उभिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब उहाँले प्रधान पूजाहारी यहोशूलाई परमप्रभुका दूतको सामुन्ने उभिरहेका र शैतान तिनको विरोध गर्नलाई तिनको दाहिने हाततिर उभिरहेको मलाई देखाउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब याहवेहले मलाई उहाँका स्वर्गदूतको अगाडि उभिरहेका प्रधान पुजारी यहोशूलाई देखाउनुभयो, र शैतानचाहिँ यहोशूको विरोध गर्न तिनकै दाहिनेतिर उभिरहेको थियो। Viz kapitola |