जकरिया 14:8 - पवित्र बाइबल8 यस समय यरूशलेमबाट लगातार पानी बगिरहनेछ। पानी बिभाजन हुनेछ अनि एउटा भाग पूर्वतिर बग्नेछ अनि अर्को भाग पश्चिमको भूमध्य सागर सम्म जानेछ अनि यो पुरै पानी बर्ष भरी ग्रीष्म अनि शीत ऋतु दुबैमा बगि रहन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यो दिन आएपछि यरूशलेमबाट जीवन दिने पानी बहन थाल्नेछ। त्यो पानी आधा मृत सागरतिर र आधा भूमध्य सागरतिर बगेर जानेछ। वर्षभरि नै हिउँद र वर्षा सबै समय त्यो बहिरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यस दिन यरूशलेमबाट जिउँदो पानी बगेर निस्कनेछ; आधा पूर्वीय मृत सागरपट्टि र आधा पश्चिमी महासागरपट्टि बगेर निस्कनेछ; त्यो हिउँद र वर्षामा सधैँ बगिरहनेछ। Viz kapitola |