जकरिया 14:5 - पवित्र बाइबल5 अनि तिमी पर्वतका भन्ज्याङ हुँदै भाग्नेछौ जुन ओजेल सम्म जान्छ जसरी उज्जियाह यहूदाको राजा भएको बेलामा भूकम्प आउँदा तिमी भागेका थियौ। तर परमप्रभु, मेरा परमेश्वर आउनु हुनेछ अनि उहाँका सबै पवित्र मानिसहरू उहाँको साथमा आउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरू मेरो पर्वतको खोल्साबाट भएर भाग्नेछौ, किनकि त्यो आसेलसम्म फैलिनेछ। यहूदाका राजा उज्जियाहको पालोमा आएको भूकम्पमा मानिसहरू भागेझैँ तिमीहरू भाग्नेछौ। तब परमप्रभु मेरा परमेश्वर उहाँका सबै पवित्र जनहरूसँग आउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूचाहिँ डाँडा दुई भागमा छुट्टिएर बनिएको बेसीको बाटो भएर भाग्नेछौ। यहूदाको राजा उज्जियाहको पालोमा भूइँचालो जाँदा तिम्रा पिता-पुर्खाहरू जसरी भागेका थिए, त्यसरी नै तिमीहरू भाग्नेछौ। परमप्रभु मेरा परमेश्वर सबै स्वर्गदूतहरूलाई साथमा लिएर आउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू मेरो पर्वतको बेँसीहुँदै भाग्नेछौ; किनकि त्यो आसेलसम्म फैलिनेछ। जसरी तिमीहरू यहूदाका राजा उज्जियाहको दिनमा भुइँचालोबाट भागेका थियौ, त्यसरी नै तिमीहरू भाग्नेछौ। तब याहवेह मेरा परमेश्वर सबै पवित्र जनहरूसँग आउनुहुनेछ। Viz kapitola |