Online Bible

- Reklamy -




जकरिया 14:21 - पवित्र बाइबल

21 निश्चय, यहूदा अनि यरूशलेमका प्रत्येक भाँडाहरूमा सर्वशक्तिमान परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि प्रत्येक मानिस जसले परमप्रभुको आरधना गर्छ त्यसैले ती भाँडाहरूमा खाना पकाउँने र खाने अधिकार पाउँनेछ। अनि त्यससमय परमप्रभु परमेश्वको मन्दिरमा चीज-बीजहरू किन-बेच गर्ने कुनै पनि ब्यापारी हुनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 यरूशलेममा र यहूदामा भएका हरेक भाँड़ा सर्वशक्तिमान्‌ परमप्रभुको निम्‍ति पवित्र ठहरिनेछ, र बलिदान चढ़ाउने सबै मानिसहरू आएर कुनै-कुनै भाँड़ा लिएर तिनमा नै पकाउनेछन्‌। अनि त्‍यस दिन सर्वशक्तिमान्‌ परमप्रभुको भवनमा फेरि कहिल्‍यै एउटै कनानी पनि हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यरूशलेम र सारा यहूदियामा भएका पकाउने भाँडा-कुँडाहरू पनि सर्वशक्तिमान् परमप्रभुको अघि पवित्र मानिनेछन्। ती भाँडा-कुँडाहरू बलि चढाउने मानिसहरूले बलिको मासु पकाउन चलाउनेछन्। त्‍यो समय आएपछि सर्वशक्तिमान् परमप्रभुको मन्‍दिरमा कोही पनि व्‍यापारी रहनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 यरूशलेम र यहूदामा भएका प्रत्येक भाँडा सेनाहरूका याहवेहका निम्ति पवित्र ठहरिनेछन्; अनि ती भाँडाहरू लिएर बलिदान चढाउन आउने सबैले त्यसैमा पकाउनेछन्। अनि त्यस दिन सेनाहरूका याहवेहको भवनमा फेरि कहिल्यै कनानी हुनेछैन।

Viz kapitola kopírovat




जकरिया 14:21

Následuj nás:

Reklamy


Reklamy