जकरिया 14:20 - पवित्र बाइबल20 त्यससमय प्रत्तेक सर-सामान परमप्रभुको हुनेछ। यहाँ सम्म कि घोडाहरूको घण्टीमा परमप्रभुको निम्ति पवित्र भनी लेखिएको हुन्छ। अनि परमप्रभुको मन्दिरमा प्रयोग गरिने सबै भाँडाहरू त्यस्तै महत्वपूर्ण हुन्छन् जस्तो वेदीमा प्रयोग गरिने कचौराहरू महत्वपूर्ण हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यस दिन घोड़ाहरूका घण्टीहरूमा पनि ‘परमप्रभुको निम्ति पवित्र’ भनी खोपिएको हुनेछ, र परमप्रभुका भवनका भाँड़ाहरू वेदीको सामुन्ने भएका पवित्र कचौराहरूजस्तै हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यस बेला घोडाहरूका घिच्रोमा झुण्डाइएका घण्टीहरूमा पनि ‘परमप्रभुको निम्ति समर्पित’ भन्ने शब्दहरू लेखिएका हुनेछन्। मन्दिरका पकाउने भाँडा-कुँडाहरू वेदीको सामु राखिएका कचौराहरूझैँ पवित्र हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यस दिन घोडाहरूका घण्टीहरूमा, “याहवेहको निम्ति पवित्र,” भनी खोपिएका हुनेछन्; अनि याहवेहको भवनमा भएका पकाउने भाँडाहरूचाहिँ, वेदी सामु भएका पवित्र कचौराहरूझैँ हुनेछन्। Viz kapitola |