जकरिया 14:2 - पवित्र बाइबल2 म सबै देशलाई यरूशलेम को बिरूद्ध युद्ध गर्नलाई एकै ठाउँमा भेला पार्नेछु। तिनीहरूले शहरमा अधिकार जमाउँनेछन्। तथा घरहरू नष्ट गरिदिनेछन्। स्त्रीहरूलाई भ्रष्ट पारिनेछ अनि आधा मानिसहरूलाई कैदमा लगिनेछ। तर बाँकी रहेकाहरूलाई शहर बाहिर लगिनेछैन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 म सबै जातिहरूलाई यरूशलेमको विरुद्ध लड़ाइँ गर्नलाई भेला गराउनेछु, र यो सहर लिइनेछ, र घरहरू लुटिनेछन्, र स्त्रीहरूलाई बलात्कार गरिनेछ। सहरको आधा भाग निर्वासन गरिनेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट अलग लगिनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 यरूशलेममाथि आक्रमण गर्नलाई परमप्रभुले सबै जातिहरूलाई एकसाथ जम्मा गर्नुहुनेछ। यरूशलेम सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरूमाथि बलात्कार गरिनेछ। आधासरो मानिसहरू कैद गरी विदेशमा लगिनेछन्, बाँकी मानिसहरू सहरमा नै रहनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म सबै राष्ट्रहरूलाई यरूशलेमको विरुद्धमा लडाइँ गर्नका निम्ति भेला गराउनेछु। सहर कब्जा गरिनेछ, घरहरू लुटिनेछन् र स्त्रीहरू बलत्कृत हुनेछन्। आधा सहर निर्वासनमा जानेछ, तर बाँकी रहेका मानिसहरूचाहिँ सहरबाट बाहिर लगिनेछैनन्। Viz kapitola |