जकरिया 14:18 - पवित्र बाइबल18 यदि मिश्रदेशका कुनै पनि परिवारका मानिस छाप्रो-बासको चाड मान्न आएनन् भने तिनीहरू डरलाग्दो रोगको शिकार हुनेछन्, जस्तो परमप्रभुले अरू शत्रु देशहरूलाई लगाई दिनु भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 मिश्रदेशका मानिसहरू त्यहाँ गएनन् भने तिनीहरूका निम्ति पानी पर्नेछैन। परमप्रभुले तिनीहरूमाथि पनि त्यही रूढ़ी ल्याउनुहुनेछ, जुन रूढ़ी छाप्रो-वासको चाड़ नमान्नेमाथि परमप्रभुले प्रहार गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मिश्रीहरूले छाप्रो बासको चाड मान्न इन्कार गरे भने तिनीहरूमाथि पनि त्यही रोग लाग्नेछ, जुन रोग यरूशलेममा जान इन्कार गर्ने हरेक जातिमाथि परमप्रभुले पठाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यदि इजिप्टियन मानिसहरू माथि यरूशलेममा गएर चाडमा सहभागी भएनन् भने तिनीहरूले झरी पाउनेछैनन्। याहवेहले तिनीहरूमाथि त्यो रूढी ल्याउनुहुनेछ, जुन उहाँले छाप्रोबासको चाड मनाउन उक्लिएर नजाने राष्ट्रहरूमाथि ल्याउनुभएको थियो। Viz kapitola |