जकरिया 10:7 - पवित्र बाइबल7 एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसँग आनन्द मनाउँनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 एफ्राइमीहरूचाहिँ शक्तिशाली हुनेछन्, र दाखमद्य खाएर खुशी भएझैँ तिनीहरूका हृदय हुनेछन्। तिनीहरूका छोराछोरीहरूले त्यो देखेर रमाहट गर्नेछन्। तिनीहरूका हृदय परमप्रभुमा रमाउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इस्राएलका मानिसहरू योद्धाझैँ बलिया हुनेछन् र दाखमद्य पिएकाहरूझैँ हर्षित हुनेछन्। तिनीहरूका सन्तानहरूले यो विजयको कुरो याद गर्नेछन् र परमप्रभुको काम देखेर खुसी हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 एफ्राएमीहरू शक्तिशाली योद्धाहरूझैँ हुनेछन्; अनि तिनीहरूका हृदय मद्य पिएर आनन्दित भएझैँ हुनेछन्। तिनीहरूका सन्तानले पनि त्यो देख्नेछन् र आनन्दित हुनेछन्; तिनीहरूका हृदय याहवेहमा रमाउनेछन्। Viz kapitola |