जकरिया 1:4 - पवित्र बाइबल4 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका पिता-पुर्खाहरू जस्तो नबन बितेका समयमा अगमवक्ताहरू तिनीहरूसित कुरा गर्थे। तिनीहरूले भने, ‘तिमीहरूले आफ्नो नराम्रो कु-कर्महरू छोडिदेऊ।’ तर तिमीहरूका पुर्खाहरूले मेरो एक शब्द पनि सुनेनन्।” परमप्रभुले यो कुरा भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिमीहरू आफ्ना पिता-पुर्खाहरूजस्ता नहोओ, जसलाई अघिका अगमवक्ताहरूले यसो भनेर घोषणा गरे: सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरू अब आफ्ना दुष्ट चाल र आफ्ना दुष्ट व्यवहारदेखि फर्क’। तर तिनीहरूले सुनेनन् न त मतिर ध्यान नै दिए, परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीहरू आफ्ना पिता पुर्खाहरूजस्ता नहोओ। धेरै समयअघि नै अगमवक्ताहरूले तिनीहरूलाई दुष्ट चालचलन र दुष्कर्म छोड्न मेरो सन्देश तिनीहरूलाई दिएका थिए। तर तिनीहरूले मेरा कुरा सुनेनन् र मेरा आज्ञा मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिमीहरूका पितापुर्खाहरू जस्ता नहोओ, जसलाई पहिलेका अगमवक्ताहरूले यसरी घोषणा गरेका थिए: सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूका दुष्ट चालहरूबाट र तिमीहरूका दुष्ट कामहरूबाट फर्क।’ तर तिनीहरूले मेरो कुरा सुनेनन् अथवा मेरा कुरामा ध्यानै दिएनन्, याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |