Online Bible

- Reklamy -




जकरिया 1:21 - पवित्र बाइबल

21 मैले उहाँलाई सोधें, “यी चारजना कारीगरहरू किन आएकाछन्?” उहाँले भन्नुभयो, “यी सींङहरू जसले यहूदालाई तितर बितर बनाए ता कि एउटै मानिसले पनि आफ्नो शिर खडा गर्दैनन्, तर यी कारीगरहरू ती देशहरू जसले यहूदा भूमिलाई छरपष्ट पार्न सींङहरू खडा पारे ती देशहरूलाई डर देखाउँन अनि तिनीहरूको सींङहरू फ्याँकिदिन आएका हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 मैले सोधें, “यिनीहरू के गर्नलाई आइरहेका छन्‌?” तिनले जवाफ दिए, “एकैजना मानिसले पनि शिर खड़ा गर्न नसक्‍ने गरी यहूदालाई तितरबितर गर्ने सीङहरू यिनै हुन्, तर कारीगरहरूचाहिँ तिनीहरूलाई त्रासमा पार्न, र यहूदा देशको विरुद्धमा त्‍यसका मानिसहरूलाई तितरबितर पार्ने जातिहरूका सीङहरूलाई फालिदिन आएका हुन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मैले सोधें, “यी मानिसहरू के गर्न आएका हुन्?” उहाँले जवाफ दिनुभयो, “जुन जातिहरूले यहूदा देशलाई सम्‍पूर्णरूपले धुलोपिठो पारी त्‍यहाँका बासिन्‍दाहरूलाई छरपष्‍ट पारेका थिए, ती जातिहरूलाई भयभीत पारी तिनीहरूको पतन गर्न यी कारिगरहरू आएका हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मैले सोधेँ, “यिनीहरू के गर्न आउँदैछन्?” उहाँले मलाई जवाफ दिनुभयो, “यहूदालाई तितरबितर पारिदिने यी सिङहरू नै हुन्, जसले गर्दा कसैले पनि आफ्नो शिर उठाउन सकेन, तर यहूदाका मानिसहरूलाई तितरबितर पार्ने यहूदाको देशको विरुद्धमा आफ्ना सिङहरू उठाउने राष्ट्रहरूलाई त्रसित तुल्याउन र फ्याँकिदिनलाई यी कारिगरहरू आएका हुन्।”

Viz kapitola kopírovat




जकरिया 1:21

Následuj nás:

Reklamy


Reklamy